गुराँस लाइफले हकप्रद शेयर निष्कासन गर्न पुनः रेटिङ गरायो, ५०% हकप्रदपछि चुक्ता पूँजी ८९ करोड

काठमाडौं। गुराँस लाइफले इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको अनुमति पाएर पनि सयममा निष्कासन गर्न नसके पछि पुनः क्रेडिट गरेको छ।

केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार कम्पनीले ‘केयर एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ।

कम्पनीले २९ करोड ७० लाख रुपैयाँको ऋणको रेटिङ गराएको हो। बीमा समितिले निर्देशन गरेको न्युनतम पूँजी जुटाउने क्रममा चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो। हकप्रद शेयर निष्कासनसँगै चुक्ता पूँजी ८९ करोड १० लाख रुपैयाँ पुग्नेछ।

हकप्रद शेयर पश्चात पनि कम्पनीलाई थप एक अर्ब ११ करोड रुपैयाँ पूँजी आवश्यक पर्नेछ। यस अगाडि कम्पनीले संस्थापक शेयरधनीहरुले समयमा हकप्रद बापतको रकम जुटाउन नसक्दा शेयर निष्कासन गर्न सकेको थिएन। कम्पनीको संस्थापक शेयरधनीहरुमा दुगर ग्रुपका साथै सनराइज बैंक रहेको छ।

बीमा समितिले चालु आर्थिक वर्षको पुसमसान्त सम्ममा दुई अर्ब रुपैयाँ पूँजी जुटाउन निर्देशन दिएको भए पनि अझै अनिश्चित देखिएको हो। यो हकप्रद शेयर निष्कासनपछि पनि कम्पनीले पुनः हकप्रद शेयर निष्कासन गर्नुपर्ने हुन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ। आफ्ना …

प्रतिकृया दिनुहॊस