बैंकिङ रोजगारीलाई लक्षित बैंकिङ ट्रेनिङ हुँदै

काठमाडाैँ । नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युट (बीएमटीआई)ले म्यानेजमेन्ट स्टुडेन्टलाई लक्षित गरि फागुन १५ गतेदेखि बैंकिङ ट्रेनिङ सञ्चालन गर्ने भएको छ । पाँच दिन सम्म सञ्चालन हुने तालिममा बैंकिङ करियर बनाउन चाहानेहरुका लागि विभिन्न विज्ञ तथा बैंकर्सहरुले प्रशिक्षण दिनेछन् ।

सबै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार गर्नका लागि बैंकहरुले गाउँगाउँमा शाखा स्थापना गरिरहेका छन् । त्यसैले बैंकिङ रोजगारीका अवसरहरु प्रशस्त आएका छन् । तर व्यवहारिक ज्ञान र बैंकिङ सम्बन्धि पर्याप्त जानकारी नहुँदा बैंकमा खुलेका रोजगरीका अवसरहरुबाट अधिकांश विद्याथीहरु छुटनु परेको छ । त्यसैले तालिममा बैंकले लिने परिक्षा र अन्तरर्वातामा के कस्ता खालका प्रस्नहरु सोधिन्छ भन्ने विषयमा बैंकिङ विज्ञ, बैंकर्स र केन्द्रीय बैंकका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन ।

बैंकिङ ट्रेनिङ सम्बन्धि थप जानकारीका लागि ०१–५७०६४०२, ९८६१३१५११७ मा सम्पर्क गर्न सकिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस ली बीच अलिपे प्लस द्वारा एकीकृत …

प्रतिकृया दिनुहॊस