काठमाडौ । सहारा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड १५ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा नाफा ३५.२१% ले धेरै हो । गत वर्ष सहाराले ८५ लाख ८७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी भने ५.६६% ले घटेर १ करोड ५६ लाख ५८ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष सहाराले १ करोड ६५ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले सञ्चालन नाफा १ करोड १५ लाख ४३ हजार रुपैयाँँ पुगेकोे छ । चुक्ता पुँजी १६ करोड ३३ लाख ६६ हजार रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ४ करोड ७० लाख ५० हजार रुपैयाँ छ ।
हालसम्म सहाराले ६८ करोड ८४ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५९ करोड ३४ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ । सहाराको खराब कर्जा घटेर १.३६% मा आएको छ । गत वर्ष खराब कर्जा २.६१% थियो ।
बैंकको कस्ट अफ फन्ड भने गत वर्ष भन्दा बढेको छ । गत वर्ष ७.५५% रहेको कस्ट अफ फन्ड अहिले ८.६१% पुगेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५ पैसा (वार्षिक) रहेको सहाराको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ३० पैसा छ । सहारा देवः विकास बैंकसँग विलय हुने प्रक्रियामा छ ।
तपाईंको प्रतिकृया




