भ्यालेन्टाइन डेकै दिन प्रचण्डकी नातिनी र आइजिपी खनालका छोराको ‘भुर्र भुर्र’

काठमाडौं । फेब्रुअरी  १४ अर्थात्  भ्यालेन्टाइन डे विश्वभर यो दिनलाई सच्चा प्रेमको दिनको रुपमा मनाइन्छ। आजकै दिनलाई नै आधार मानेर पछिल्लो समय संसारभर धेरै साहित्य र संगीतको सिर्जना हुने गरेको छ।

प्रणय दिवसको अवसरमा नेपालमा पनि धेरै गीतहरु सार्वजनिक भए यी  गीतहरु मध्यको एक हो यो मन उड्यो चरा बनी आकाशमा  ‘भुर्र भुर्र भुर्र भुर्र बतासमा’  सशस्त्र प्रहरी बलका महानिरीक्षक एवम गीतकार शैलेन्द्र खनाल शरदको शब्द र संगीतकार गैरे सुरेशको कर्ण प्रिय संगीतमा रहेको गीतको म्युजिक भिडियो भ्यालेन्टाइन डे को पुर्व सन्ध्यामा सार्वजनिक गरिएको छ।

शानिन्ध्य खनाल र  स्मिता दाहालको  स्वरमा रहेको गीत भुर्र भुर्रमा कोविद बज्रको संगीत संयोजन रहेको छ। यो गीतमा अन्य नेपाली लभ सङ्समा बिल्कुलै फरक शैलीको प्रस्तुति गरिएको छ । युवराज वाइबाको निर्देशनमा बनेको भुर्र भुर्रको म्युजिक भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठको अभिनय रहेको छ।  उत्सव दाहालको सिनेमटोग्राफी र विकाश दाहालको सम्पादन रहेको  भिडियोलाई ओ एस आर डिजिटलको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गायक शानिन्ध्य खनाल सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालका पुत्र हुन् भने गायिका स्मिता  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड की नातिनी हुन्।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस