काठमाडौं । मङ्गलवार दिउँसो काठमाडौंको सङ्ग्रहालय मार्गमा टेम्पो दुर्घटना हुँदा दश जना घाइते भएका छन् । बा१ज ४८७६ नम्बरको सफा टेम्पो र बा१९च ८१८८ नम्बरको टाटा पिकअप एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । घाइते दश जना मध्ये ७ जनालाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा र तीन जनाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।
तपाईंको प्रतिकृया




