रिडि हाईड्रोपावरको नाफा घट्यो

काठमाडौं । रिडि हाईड्रोपावर डेभलपमेन्ड कम्पनी लिमिटेड (Ridi Hydropower Development Company Ltd.) ले दोस्रो त्रैमासमा खुद मुनाफा ८७ लाख रुपैयाँ कमाएको छ, जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ४ दशमलव ०५ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा नाफा ९० लाख रुपैयाँ कमाएको थियो ।

५३ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा १ करोड ९७ लाख रुपैयाँ राखिएको छ । जस कम्पनीले जगेडाकोष पनि घटेको छ । कम्पनिको बिक्री तर्फ १ करोड ३३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको आम्दानी ७ दशमलव १४ प्रतिशतले घटेर १ करोड ३३ लाख रुपैयाँ पुगेको छ भने खर्च ८ दशमलव २१ प्रतिशतले घटेर २२ लाख रुपैयाँ पुगेको छ । । सञ्चालन मुनाफा ६ दशमलवल ९४ प्रतिशतले घटेर १ करोड ११ लाख रुपैयाँ रहेको छ । कम्पनीले आम्दानी तथा संचालन मुनाफा घटाएको हुँदा नाफा पनि घटेको हो ।

रिडि हाईड्रोपावरको प्रतिशेयर आम्दानी वार्षिक ६ दशमलव ५७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १९८ दशमलव ९७ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ३ दशमलव ७१ रुपैयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका यी स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा भोलिबाट विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् …

प्रतिकृया दिनुहॊस