सिभिल बैंकको नाफा २४ करोडमा सीमित, रिजर्भमा भने उल्लेख्य सुधार

काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७४÷७५ को ६ महिनामा करिब २३ करोड ९८ लाख रुपैंया स्वतन्त्र नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा करिब १० प्रतिशत मात्र नाफा वृद्धि गरी उक्त परिमाणमा नाफा कायम गरेको हो ।

नियामकीय समायोजनमा ११ करोड छुट्याएको बैंकको खुद नाफा भने ३६ करोड २३ लाख कायम भएको छ । यो नाफा अनुसार बैंकको प्रतिशेयर आम्दानी ९.०१ रुपैंया हो ।

बैंकले अघिल्लो त्रैमासको तुलनामा निक्षेप र कर्जामा क्रमशः करिब पौने ४ अर्ब र डेढ अर्ब बढोत्तरी गर्दा रिजर्भको आकार भने करिब ७० करोडले बढाएको छ । रिजर्भमा उल्लेख्य रकम बढ्नु र कर्जा लगानीभन्दा निक्षेप संकलन उच्च हुँदा बैंकको सीसीडी अनुपातमा खुकुलोपन आएको छ । बैंकको सीसीडी अनुपात ७८.२१ प्रतिशतमा झरेको हो । अघिल्लो त्रैमासमा यो दर ८० प्रतिशतको नजिक थियो ।

सिभिल बैंकको यो त्रैमासको कस्ट अफ फण्ड बढ्दा आधार ब्याजदर समेत बढेको छ । अघिल्लो त्रैमासमा १०.९८ प्रतिशतकको बेसरेट यो त्रैमासमा ११.३१ प्रतिशत कायम भएकोृ हो । यसले बैंकको बैंकका ऋणीहरुमा ब्याजदर थप हुने देखिएको छ ।

बैंकको पुँजी पर्याप्तता अनुपात १९.८६ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.५० प्रतिशत, कस्ट अफ फण्ड आधार ब्याजदर ८.०२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १३३.९३ रुपैंया छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा बैंक अत्तरीयाको सहयोगमा आखाँ शिविर सम्पन्न

कैलाली -सानिमा बैंकको अत्तरिया शाखाको सहयोगमा आखाँ शिविर सम्पन्न भएको छ । गेटा आखाँ अस्पतालको …

प्रतिकृया दिनुहॊस