सिटी सेन्टरमा प्रणय दिवस विशेष कार्यक्रम, छुटको पनि व्यवस्था

काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले प्रणय दिवस २०१९ लाई लक्षित गरी विशेष कार्यक्रमको घोषणा गरेको छ ।

युवा वर्गलाई लक्षित  कार्यक्रममा १३ फ्रेवरीमा १५ हजार पुरस्कार राशीको डान्स कम्पिटिसन गरिने सिटी सेन्टरले जनाएको छ । त्यसै गरी, सिटी सेन्टरमा १ फ्रेवरीदेखि १४ फ्रेवरीसम्ममा किनमेल गर्ने ग्राहकमध्ये लक्की ड्र मार्फत छनोट भएका एक जनालाई पोखराको प्रिमियम होटलमा २ रात ३ दिनको प्याकेजको व्यवस्था हुनेछ ।

साथै, यस अवधिमा किनमेल गर्ने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था रहेको जानकारी व्यवस्थापन पक्षले दिएको छ । कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्क गेमहरुको साथै लाइभ म्युजिकल कार्यक्रम आयोजन गरेको व्यहोरा विज्ञप्तीमा उल्लेख छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस