काठमाडौं । कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा भ्यालेन्सियालाई रियल बेटिसले बराबरीमा रोकेको छ ।
आफ्नै घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा रियल बेटिसले भ्यालेन्सियालाई २-२ गोलको बराबरीमा रोक्न सफल भएको हो ।
रियल बेटिसले लिएको दोब्बर अग्रतालाई जोगाउन नसक्दा बराबरीमा चिक्त बुझाउनु परेको हो । खेलको ४५औं मिनेटमा लोरेन मोरोनले गोल गर्दै रियल बेटिसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले अघि रहेको रियल बेटिसले दोस्रो हाफमा एक गोल गर्दा दुई गोल खादै बराबरी खेलेको हो ।
खेलको ५४औं मिनेटमा रियल बेटिसले अर्को गोल गर्दै दोब्बर अग्रता बनाएको थियो । तर दोस्रो हाफको मध्यतिरबाट उत्कृष्ट पुनरागमन गर्दै भ्यालेन्सियाले दुई गोल गर्न सफल भयो ।
७०औं मिनेटमा डेनिस चेरिशेभले गोल गर्दै भ्यालेन्सियालाई २-१ को स्थितिमा ल्याए । खेलको अतिरिक्त समयमा केभिन गमिइरोले गोल गर्दै भ्यालेन्सियालाई २-२ गोलको बराबरी दिलाएका हुन् ।
प्रतिकृया दिनुहॊस