काठमाडौँ । पछिलो समयमा ब्यापक चर्चामा रहेको जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको ‘आई लभ यु आई मिस यु…’ जनता म्युजिक युटुब च्यानल बाट सार्बजनिक भएको छ ।
गायक शोम सुब्बाको आबाजमा रहेको गीतमा राजेश अर्यालको शब्द रहेको छ । चर्चित सर्जक तथा गाएक भूपू पाण्डेको संगीत तथा संगीत संयोजन रहेको छ ।चर्चित निर्देशक तथा मोडल शिशिर श्रेष्ठको निर्देशनमा रहेको भिडियोको कोरियोग्राफर निश्चल केसीले गरेका हुन् ।
भिडियोमा पछिल्लो समयमा चर्चा कमाउन सफल मोडल सुनिल क्षेत्रि, नायिका आचल शर्मा र रमेश बाबुको धमाकेदार डान्स देख्न सकिन्छ । भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने बिकाश ज्ञावलीले गरेका हुन् ।
प्रतिकृया दिनुहॊस