काठमाडाैँ । १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा रेगुलटरी एडजस्टमेन्ट पछिको नाफा ५४ कारोड ७० लाख २९ हजार रुपैयाँ कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा १५ कारोड ३३ लाख ८० हजार रुपैयाँले नाफा बढाएको छ । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा ३९ करोड ३६ लाख ४९ हजार रुपैयाँ रहेको थियोे ।
आम्दानी तथा खर्च
बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ४ अर्ब ४१ करोड १९ लाख ५० हजार रुपैयाँ रहेको छ । त्यस्तै ब्याज भुक्तानी २ अर्ब ६३ करोड १७ लाख ९७ हजार रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी १ अर्ब ७८ करोड १ लाख ५३ हजार रुपैयाँ हुन जान्छ । गत वर्ष सोही अवधिमा बैंकले खुद ब्याज आम्दानी ८४ करोड ६३ लाख ४७ हजार रुपैयाँ गरेको थियो ।
निक्षेप तथा कर्जा
बैंकले पुष मसान्त सम्ममा ७० अर्ब ८५ करोड ९४ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब ८४ करोड ९३ लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप २५ अर्ब भन्दा बढीले बढाएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ४५ अर्ब ५७ करोड ३७ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ७६ करोड ७५ लाख ९९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सूचकहरु
बैंकको पूँजी कोष अनुपात १५ दशमलव ८१ प्रतिशत, खराव कर्जा १ दशमलव २१ प्रतिशत, कस्ट अफ फण्ड ७ दशमलव ७१ प्रतिशत, मूल्य आम्दानी अनुपात १ दशमलव २४ गुणा, प्रति शेयर नेटवर्थ १ सय २२ रुपैयाँ २६ पैसा र प्रतिशेयर आम्दानी १४ रुपैयाँ १३ पैसा रहेको छ ।




