जेबिल्स फाइनान्सको नाफा २६१ प्रतिशतले बढ्यो

काठमाडाैँ । जेबिल्स फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ९० लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा २६१ दशमलव ५६ प्रतिशतले वृद्धि गरेको हो । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले २५ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

८० करोड ३८ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडाकोषमा ७ करोड ६८ लाख रुपैयाँ छुटाएको छ । जसले कर्जामा १ अर्ब ३० करोड १२ लाख रुपैयाँ लगानी गरेको छ ।

आम्दानी
गत पुष मसान्तसम्ममा फाइनान्सले खुद व्याज आम्दानी ३ करोड ५३ लाख रुपैयाँ गरेको छ । जुन गत आर्थिक बर्षको सोही अवधिकोभन्दा २० दशमलव ६८ प्रतिशतले वृद्धि गरेको हो । गत बर्षको सोही अवधिमा फाइनान्सको खुद व्याज आम्दानी २ करोड ५१ लाख रुपैयाँ थियो ।

सुचकहरु
फाइनान्सको निष्कृय कर्जा ३ दशमलव ८५ प्रतिशत, जोखिम युक्त सम्पत्ति ५३ दशमलव १३ प्रतिशत, प्रतिसेयर आम्दानी २ दशमलव ३४ रुपैयाँ, मुल्य आम्दानी अनुपात ५४ दशमलव ७० गुणा, प्रतिसेयर नेटवर्थ ११३ दशमलव ६४ रुपैयाँ र तरलता अनुपात ४८ दशमलव ०७ प्रतिशत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई शारडा ग्रुपले अल-इलेक्ट्रिक ओमोडा इफाइभ प्रदान गर्ने

काठमाडौं । एसपीजी अटोमोबाइल्स (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) को अभिभावक कम्पनी शारडा …

प्रतिकृया दिनुहॊस