गरिमा रेमिटको भुक्तानी जिएमइ रेमिटका सबै एजेन्टबाट हुने

काठमाडाैँ । गरिमा विकास बैंकले सुपर एजेन्टको रुपमा काम गर्न जि.एम.इ रेमिटसँग सम्झौता गरेको छ । सम्झौतामा रेमिटका तर्फबाट प्रमुख संचालन अधिकृत प्रमोद मान सिंह बस्नेत र बैंकको तर्फबाट नायव महा–प्रबन्धक माधव प्रसाद उपाध्ययायले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार गरिमा रेमिट मार्फत पठाएको रकम जिएमइ रेमिटको ८ हजारभन्दा बढी एजेन्ट मार्फत भुक्तानी गर्ने छ भने जिएमइ रेमिट मार्फत नेपालीहरुले विदेशबाट पठाएको रकम गरिमा विकास बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्दै आइरहेको छ ।

हालजि.एम.इ रेमिटले खाडि मुलुकहरु, अमेरिका, यू.के, मलेसिया, दक्षिण कोरिया, जापान, इजरायल, दुबई लगाएतका देशहरुबाट रेमिट्यान्स कारोवार गदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविधालय सँग सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि …

प्रतिकृया दिनुहॊस