काठमाडौं उपत्यकासहित देशभर बिहानैदेखि वर्षा, तीन दिनसम्म पानी पर्ने, कुन दिन कस्तो मौसम ?

काठमाडौँ । काठमाडौ उपत्यकासहित मुलुकका अधिकांश भू–भागमा आज बिहानैदेखि पानी परिरहेको छ । मुलुकको पश्चिमी भागमा भने बुधबार साँझदेखि नै क्षणिक वर्षा भएको थियो । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार बिहीबारदेखि तीन दिनसम्म काठमाडौंसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुनेछ ।

पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिबारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने महाशाखाको पूर्वानुमान छ । मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश गरेको महाशाखाले जनाएको छ ।

कतिपय ठाउँमा ५० मिलिमिटरभन्दा धेरै वर्षा हुने महाशाखाले जनाएको छ । माघको अन्तिमतिर वर्षा र हिमपातको अनुमान धेरैले नगरे पनि पश्चिमी वायुको प्रभावले मौसममा परिर्वतन आएको महाशाखाले जनाएको छ । पानीपरेसंगै काठमाडौ उपत्यकासहित मुलुकभरको चिसो बढेको छ । शनिबारसम्म वर्षासँगै उच्चहिमाली क्षेत्रमा हिमपात समेत हुने भएकाले चिसो अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी हिमाली क्षेत्रमा एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको र पूर्वी क्षेत्रमा पनि बिहीबारबाटै वर्षा सुरु भई शुक्रबारसम्म रहने महाशाखाको पूर्वानुमान छ ।बिहानैदेखि काठमाडौ उपत्यकामा पानी परेकाले विहान कलेज जाने विद्यार्थी र दैनिक कामको सिलसिलामा गन्तव्य हिडेका नागरिकलाई समस्या भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्यान मार्ने उद्योगमा सांसद मनाङे दोषी ठहर, ५ वर्ष कैदको फैसला सदर

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो ।

प्रतिकृया दिनुहॊस