काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसँग जोडिएका फरार अभियुक्त हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । २०७३ सालमा त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको साढे ३३ किलो सुन अनामनगरबाट हराएको थियो ।
सोही घटनासँग जोडिएका व्यक्ति हुन् हरिशरण खड्का । दुबईमा पहिले कामदारका रुपमा गएका उनी पछि चुडामणि उप्रेती गोरेको समूहमा थिए । उनी दुबईमा अहिले व्यवसाय गरेर बसेका थिए । नेपाल प्रहरीले हरिशरणलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पक्राउ परेका खड्कालाई नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिए ।
तपाईंको प्रतिकृया




