नेइमार बिनाको पिएसजीको अप्रत्यासित हार, २१ औँ खेलमा तोडियो अपराजित यात्रा

काठमाडाैँ । लिगको २१ औँ खेलमा आएर लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा स्टार खेलाडी नेइमार बिनाको पिएसजीले लिगमा सिजनको पहिलो हाफ बेहोरेको होे ।

लगातार २० खेलमा जित वा बराबरी गरेको पिएसजी आइतबार राति अवे मैदानमा भएको खेलमा लियोनसँग २–१ ले पराजित भएको हो । चोटका कारण मैदान बाहिर रहेका नेइमार बिनाको पिएसजीले सुरुवाति अग्रता लिए पनि हार टार्न सकेन ।

एन्जल डी मारियाले सातौँ मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । ३३ औँ मिनेटमा मोउसा डेम्बेलेले लियोनका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा पिएसजीले थप एक गोल खायो र खेल गुमायो ।

लियोनका लागि नबिल फकिरले ४९ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै जित दिलाएका हुन् । थिएगो सिल्भाले डेम्बेलेलाई गरेको फउलपछि पाएको पेनाल्टीमा फकिरले पिएसजीलाई लिगमा सिजनको पहिलो हारको सामना गर्ने गोल गरेका हुन् ।

हारपछि पनि शीर्षस्थानको पिएसजी दोस्रो स्थानको लिले भन्दा १० अंकले अघि छ । उसको २१ खेलबाट ५६ तथा लिलेको २३ खेलबाट ४६ अंक छ । २३ खेलबाट ४३ अंक जोडेको लियोन तेस्रो स्थानमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको यू-१९ महिला टी-२० विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित

काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित …

प्रतिकृया दिनुहॊस