भेनेजुएलामा राष्ट्रपति र विपक्षी नेताका समर्थकहरुको छुट्टाछुट्टै प्रदर्शन

काठमाडौं । भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो र विपक्षी नेता जुवान गुआइदोको समर्थकहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । राजधानी कारागारमा भएका छुट्टाछुट्टै प्रदर्शनमा सहभागीहरुले आ–आफ्नो पक्षमा नाराबाजी गरेका थिए ।

राष्ट्रपति निकोलस मादुरोका समर्थकहरुले विपक्षी नेता जुवान गुआइडोलाई विना कारण अरु देशले उचालेको आरोप लगाए । उनीहरुले राष्ट्रपति मादुरोको समर्थनमा विशाल र्‍याली निकालेका छन् ।

खाकी रंगको टिसर्टमा सडकमा उत्रिएकाहरुले निर्वाचनमा हारेका ब्यक्तिले आफूलाई राष्ट्रपति घोषणा गरेकोमा आपत्ति जनाउँदै उहाँलाई कुनै पनि हालतमा राष्ट्रपति मान्न आफूहरु तयार नरहेको बताए । यता राष्ट्रपति मादुरोको बिरोधमा काराकासमै गुआइदोका समर्थकहरुले पनि विशाल प्रदर्शन गरेका छन् ।

उनीहरुले तत्काल निष्पक्ष निर्वाचनको वातावरण बनाउन माग गर्दै र्‍याली निकालेका छन् । निर्वाचन तत्काल घोषणा नभए मादुरोलाई सहयोग गर्न नसक्ने र आफैंलाई अन्तरिम राष्ट्रपति घोषित गरेका गुआइदोलाई नै समर्थन गर्ने चेतावनी दिएका छन् ।

यसैबीच राष्ट्रपति मादुरो र भेनेजुएलाका सुरक्षा अधिकारीहरुबीच देशको वर्तमान स्थितिबारे छलफल भएको छ । त्यस क्रममा राष्ट्रपति मादुरोले आन्दोलनलाई नियन्त्रणमा लिन आग्रह गर्दै देशको सुरक्षा व्यवस्था झन कडा तुल्याउन निर्देशन दिए ।

विपक्षी नेता गुआइदोले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरे पनि सेना र प्रहरीले भने मादुरोलाई नै साथ दिएका छन् । गुआइदोलाई अमेरिका, क्यानडालगायतका राष्ट्रले समर्थन गरेका छन् भने मादुरोको समर्थनमा रुस, चीन, टर्की र मेक्सिको रहेका छन् ।(एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ई-सेवाले ल्यायो दशैंतिहार चाडपर्वको अफर, कारोबार गर्दा नयाँ कार जित्न सकिने

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले दशैंतिहार तथा छठ पर्वको अवसर पारेर ‘ई-सेवा महाउत्सव …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds