नेपाल बैंकको नाफा ६ करोडले ओरालो, सिडी रेसियो ७१.४७ प्रतिशत मात्रै

काठमाडौं । नेपालको बैंकको नाफा ६ करोडले ओरालो लागेको छ । २०७४ पुसमा १ अर्ब ६३ करोड नाफा गरेको बैंकले २०७५ पुसमा १ अर्ब ५७ करोडमा झरेको हो । बैंकले १ खर्ब ५ अर्ब निक्षेप संकलन गरेर जम्मा ८५ अर्ब मात्रै ऋण लगानी गरेको छ । नेपाल बैंकको सिडी रेसियो जम्मा ७१.४७ प्रतिशत मात्रै रहेको छ ।

बैंकले असोजदेखि पुस मसान्त अवधीमा १२ अर्ब निक्षेप बढाएर ६ अर्ब कर्जा लगानी वृद्धि गरेको छ । असोजमा ९३ अर्ब रहेको निक्षेप पुसमा १ खर्ब ५ अर्ब पुर्याएको हो भने ७९ अर्बको कर्जा लगानीलाई ८५ अर्ब बनाएको हो ।

९ अर्ब ९१ करोड चुक्ता पुँजी रहेको नेपाल बैंकको जगेडा कोषमा १९ अर्ब ६५ करोड रुपैंयाँ रहेको छ । बैंकले ३ अर्ब १६ करोड खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको खराब कर्जा २.७४ प्रतिशतमा झरेको छ भने आधार ब्याजदर ६.०६ प्रतिशत रहेको छ । नेपाल बैंकको स्प्रेड दर ४.९९ प्रतिशत रहेको छ भने कष्ट अफ फण्ड ३.५८ प्रतिशत रहेको छ । नेपाल बैंकको प्रति सेयर आम्दानी भने ३३.८७ रुपैंयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा डिजिटल कारोबारलाई प्रोत्साहन, सञ्चालनमा ल्यायो स्मार्ट हब

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप कर्पोरेट कार्यालयको परिसरमा …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds