कांग्रसले आजकाे प्रतिनिधिसभा बैठक अवरोध गर्ने

काठमाडाैँ । कांग्रसले आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध गर्ने भएको छ। सभामुख कृष्णबहादुर महराले बुधबार प्रतिनिधिसभा बैठक सुचारु गराउने विषयमा छलफल गर्न बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले यथास्थितिमा प्रतिनिधिसभा बैठक संचालन गर्न नदिने अडान कायमै रहेको जनाएको हो।

सत्ता पक्षले बलजफ्ती ढंगले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नसच्याएसम्म आफ्नो पार्टीले संसद चल्न नदिने निर्णय लिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए। उनले सत्तापक्ष र सभामुखले नागरिक स्वास्थ्यजस्तो गम्भिर विषय समावेश गरिएको सो विधेयक जबरजस्ती पारित गरेकाले त्यसप्रति आफूहरुको असहमति रहेको स्पष्ट पारे। प्रमुख सचेतक खाँडले सो विधेयक राष्ट्रिय सभाबाट सच्याउन पनि सरकारलाई सचेत गराए। सो विधेयकमा गम्भिर राष्ट्रिय बहसको आवश्यकता रहेको प्रमुख सचेतक खाँडको तर्क छ।

डा. गोविन्द केसीको कतिपय माग विपरित सत्ता पक्षले सो विधेयक प्रतिनिधिसभाबाट पारित गरेकाले पनि आफूहरुले त्यसको विरोध गर्नु परेको कांग्रेसको भनाई छ। आजबाट प्रतिनिधिसभालाई सुचारु गराउन सभामुख महराले गरेको आग्रहलाई कांग्रेसले अस्विकार गरेको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

प्रतिकृया दिनुहॊस