कामना सेवा विकास बैंकद्धारा कुष्ठरोगका विरामीलाई सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकले कुष्ठरोगका विरामीलाई सहयोग गरेको छ । बैंकले पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त अस्पतालमा रहेका कुष्ठरोगका विरामीहरुलाई ह्विलचेयर प्रदान गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६६ औँ विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनसँंगको सहकार्यमा सो सहयोग गरिएको हो ।

पोखरा महानगरपालिका १५ का वडा अध्यक्ष प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा र अस्पतालका डाइरेक्टर दिपक महर्जन,सुपरिटेडेन्ट डा. बु्रस हायस, प्रशासक अधिकृत युवराज आचार्य साथै बैंकका सञ्चालक द्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले र सहायक महाप्रवन्धक टुवराज बास्तोलाले संयुक्त रुपमा ह्विलचेयर हस्तान्तरण गरेका हुन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस