एभरेष्ट बैंकले गर्‍यो जोन्टा क्लबलाई सहयोग

काठमाडौं । एभरेष्ट बैंकले स्वच्छता कायम गर्ने उद्देश्यका साथ नवलपरासी जिल्लामा शौचालय निर्माण गर्न जोन्टा क्लबलाई चेक हस्तान्तरण गरेको छ ।

बैंकले अल्पसंख्यक (अण्डरप्रिभिलेज) मानिसलाई स्वच्छता प्रदान गर्न व्यवसायीक सामाजीक उत्तरदायीत्वको रुपमा विभिन्न कल्याणकारी क्रियाकलापहरु गर्दै आइरहेको छ ।

एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी निर्देशकसोमेश्वर सेठले क्लबका प्रतिनिधि सुश्री सिमा गोल्छा र समीना श्रेष्ठलाई सरकारी स्कुलमा महिला विद्यार्थीका लागि शौचालय निर्माण गर्न चेक हस्तान्तरण गरेका छन् ।

बैंकले यस सहयोगले स्वच्छता र शौचालय अभावका कारण महिला विद्यार्थीको स्कुल छोड्ने संख्यामा सुधार आउने आशा व्यक्त गरेको छ । कार्यक्रममा बैंकका डीजीएम गीरिस कोहली, समीना श्रेष्ठ, नवलपरासी शौचालय निर्माण प्रोजेक्टका सदस्य र अन्य अतिथिहरुको पनि उपस्थिति रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

काठमाडौँ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित भएर विभिन्न …

प्रतिकृया दिनुहॊस