काठमाडौं । नायिका तथा निर्मात्री श्वेता खड्काले फिल्म ‘कान्छी’ को मुर्हत गरेकी छिन् । आकाश अधिकारीको निर्देशनमा रहेको फिल्ममा कालाकारहरुमा श्वेता , दयाहाङ, निर शाह, अनु शाह, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतको अभिनय रहनेछ । भदौको २ गतेदेखि छायाँकन सुरु हुने कान्छीको छायाँकन मनाङ, मुस्ताङ र पोखरा लगायत राजधानीका सुन्दर दृश्यमा छायाँकन हुनेछ । फिल्मको प्रोडक्सनको जिम्मेवारी अरुण रेग्मी र दिलिप पन्तको छ ।
तपाईंको प्रतिकृया




