सानिमामाई हाइड्रोको नाफा २८ गुणा बृद्धि

काठमाडौ । गैरआवासिय नेपालीद्धारा प्रवद्र्धित सानिमामाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष ०७३÷०७४ मा नाफा २८ गुणा बृद्धि गरेको छ ।
गत असारसम्ममा कम्पनीले २९ करोड २६ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९० लाख १५ हजार रुपैयाँ मात्र नाफा गरेको थियो । गत वर्ष उक्त हाइड्राकोे २८ करोड रुपैयाँ बढी नाफा कमाएको सार्वजनिक गरिएको गत आवको वित्तीय विवरणमा उल्लेख छ ।

सानिमाले २२ मेगावाटको माई र ७ मेगावाटको माइक्याकेड आयोजना सञ्चालन गरिरहेको छ । गत आवमा बिजुली बिक्रीलगायत अन्य शिर्षकबाट कुल ८० करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा आम्दानी ४० करोड ३१ लाख रुपैयाँ मात्र थियो भने एक वर्षमा आम्दानी दोब्बर बढाएको छ ।

कम्पनीको सेयर पुँजी १ अर्ब ५ करोड रुपैयाँ छ । ८२ मेगावाटका दुईवटा जलविद्युत आयोजनामा लगानी जुटाउने हकप्रद सेयर निष्कासन गर्न लागेको जानकारी दिएको छ । २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको २ आयोजना निर्माण सम्पन्न गरेको सानिमाले ५४ मेगावाटको मध्यतमोर र २८ मेगावाटको तल्लोलिखु आयोजनामा लगानीका लागि हकप्रद निष्कासन गरेको छ । हकप्रद निष्कासन साउन २७ गतेदेखि खुला भइसकेको छ ।
हकप्रद निष्कासन भएपछि चुक्तापुँजी २ अर्ब ११ करोड रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीमा संस्थापकको ७०, आयोजना प्रभावित स्थानियबासिन्दाको १० तथा सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ ।
तमोर सानिमा इनर्जीले ५४ मेगावाट क्षमताको मध्यतमोर जलविद्युतबाट उत्पादन गर्न अनुमति (लाइसेन्स) पाएको छ । उता आयोजना आगामी सन् २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
यसका साथै सानिमा समूहले तल्लोलिखु आयोजनाको काम सुरु गरेको छ । स्वेत गंगा हाइड्रोपावर एन्ड कन्सट्रक्सन लिमिटेडले तल्लो लिखु आयोजना निर्माण गर्नेछ भने यो आयोजना बनाउन कम्पनीले लाइसेन्स पाइसकेको छ । विद्युत प्राधिकरणसंग पीपीए भइसकेको कम्पनीले जानकारी दिएको छ । यो आयोजना सन् २०२२ मा सम्पन्न गर्ने प्रवद्र्धकको लक्ष्य छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज (शुक्रबार) सुनको भाउ घटेको छ । …

प्रतिकृया दिनुहॊस