चेल्सी एफए कपको पाँचौ चरणमा

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको चौथो चरणको खेलमा सेफिल्ड वेनस्डेलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सी पाँचौ चरणमा पुगेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन विलियनले दुई गोल गरे । यस्तै कालुम हुड्सन ओडोईले एक गोल थपे । सेफिल्डविरुद्ध सहज जित निकाल्न चेल्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।

Odoi controlled the ball in the area before flicking it back inside and wrong-footing the defender and shooting

खेलको २६ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा हुड्सनले गोल गर्दै चेल्सीको अग्रता २-० को बनाए । त्यसपछि खेलको ८३ औं मिनेटमा विलियनले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३-० को सहज जित दिलाए ।

अर्को प्रिमियर लिग क्लब टोटेनहम भने एफए कपबाट बाहिरिएको छ ।  क्रिस्टल प्यालेससंग २-० ले पराजित हुँदै टोटेनहम एफए कपबाट बाहिरिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री