त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान ठप्प

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण ठप्प भएको छ । सिमसिम वर्षा र भिजिबिलिटी कम भएका कारण एयरपोर्ट बन्द भएको हो । विमानस्थल स्रोतका अनुसार आइतबार विहानैदेखि काठमाडौँको मौसममा आएको खराबीले अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएको छ ।

बाहिरबाट आएका विमानहरु नजिकको एअरपोर्टमा डाइभर्ट भएका छन् भने नजिकका उडानहरु रोकिएका छन् । मौसमविद्ले काठमाडौंको आकाश दिउँसो मात्र खुल्ने बताएका छन् । आकाश खुलेपछि मात्र उडान अवतरण सहज हुन सक्ने जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री