x'Dnf l;dsf]6sf] ljdfg:yndf z'qmaf/ lxdkftn] k'/} 9fs]kl5 lxpF kG5fpg] sfo{ ;'? ePsf] 5 . xjfO{ ;]jf ;~rfngdf cfpg cem} s]xL lbg nfUg] 5 . t:jL/ M bfg] af]x/f x'Dnf /f;;

वर्षा र हिमपातले जनजीवन कष्टकर, कोल्टी क्षेत्र सञ्चारविहीन

बाजुरा ।  निरन्तरको वर्षा र हिमपातका कारण बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ । विगत केहि दिनदेखि भइरहेको मौसम बदलीसँगै निरन्तरको वर्षा र हिमपातका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा जनजीवन कष्टकर बनेको हो ।

हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखेलेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको हो । मार्तडी–कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ भने आवतजावत पनि रोकिएको छ ।

चार/पाँच फिटसम्म हिउँ जमेकाले हिँडडुलमा समस्या भएको छक्क मल्लले बताउनुभयो । मार्तडीबाट कोल्टीका लागि जाने सवारीसाधान रोकिएका छन् । सडक बाटो पूर्णरूपमा बन्द भएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो ।

हिमपातका कारण ग्रामीण भेगका कच्ची सडक हिलाम्मे भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको यातायात व्यवसायीले बताएका छन् । सदरमुकाम मार्तडीबाट जिल्लाको गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकाले जिप सञ्चालन हुन नसकेको प्रमुख भाटले जानकारी दिनुभयो ।

कोल्टी क्षेत्र सञ्चारविहीन 
कोल्टी क्षेत्र सञ्चारविहीन बनेको छ । जिल्लाका नौ स्थानीय तहमध्ये चार स्थानीय तह रहेको कोल्टी क्षेत्र टेलिफोन सेवा र इन्टरनेट सेवाबाट विच्छेद बनेको प्रहरीले जनाएको छ ।

कोल्टी क्षेत्रका बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामिकार्तिक खापर र हिमाली गाउँपालिका सञ्चार सुविधाबाट बञ्चित भएका हुन् । घाम लागेको दिन मात्रै मोबाइलमा टावर आउने र बादल लाग्दा सञ्चारविहीन हुने गरेको छ ।

सञ्चार सुविधा नहुँदा स्थानीय तहका काम प्रभावित बनेका छन् । “कुनै विपत्ति आउँदा, घटना, दुर्घटना हुँदा प्रहरी प्रशासनमा खबर गर्न पनि समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । घाम लागेको बेला आउने भए पनि लगातार हिमपात परेपछि सेवा अनियमित बनेको हो ।

उत्तरी क्षेत्रका बूढीनन्दा नगरपालिकाको कोल्टीको घोडाकोट, हिमाली गाउँपालिका–६ गुम्लु र हिमाली गाउँपालिका–२ को कोटमा दुई वर्षअघि रिपिटर टावर निर्माण भएका छन् । ती सबै टावर विद्युत् सेवा नहुँदा सोलार प्रविधिबाट जाडन गरिएका छन् ।

टेलिकम बाजुरा कार्यालयका कर्मचारी मानबहादुर रोकायाले बिजुली नभएकाले त्यस क्षेत्रमा सोलारको विकल्प नभएको बताउँदै कोल्टीमा विद्युत् भए पनि नियमित नहुँदा समस्या आएको उल्लेख गर्नुभयो । चिसोले अस्तव्यस्त बनेको यहाँको जनजीवन फोन सेवासमेत नहुँदा थप सास्ती भोग्न बाध्य छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईलाई भोलि मात्रै अदालत लगिने

काठमाडौं । साइबर अपराधको कसुरमा समातिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईको म्याद थप भोलि (बुधबार) हुने …

प्रतिकृया दिनुहॊस