निकुञ्जबाट उठ्ने राजस्व कृषि विकास बैंकको शाखा सौराहामा

ठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट उठ्ने राजस्व अब कृषि विकास बैंकको शाखा कार्यालय सौराहामा संकलन गर्ने कार्य शुरु भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल र कृषि विकास बैंकको क्षेत्रिय कार्यालय वीरगंन्जका निर्देशक बाबुकाजी थापाले उक्त निकुञ्जबाट उठ्ने राजस्व कृषि विकास बैंकको सौराहा शाखाबाट संकलन गर्ने कार्यको सौराहामा संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उठेको राजस्व रकम रु.१२ लाख १ हजार रुपैंया बैंकका प्रबन्धक पुस्तकराज तिवारीलाई हस्तान्तरण गरी राजस्व खातामा जम्मा गरिएको थियो ।

सो अवसरमा प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले निकुञ्जबाट उठ्ने राजस्व रकम जम्मा गर्न भरतपुर जानुपर्ने झन्झटबाट मुक्त भएको बताए ।

बैंकका निर्देशक बाबुकाजी थापाका अनुसार चितवन राष्ट्रिय निकुञ्जका घुम्न आउने पर्यटकको प्रवेश शुल्क, जंगल सफारी शुल्क, ढुंगा/गिट्टी/बालुवा कर, दण्ड जरीवाना लगायत गरी दैनिक औसत रु. १० लाख राजस्व संकलन हुने गर्दछ । सो अवसरमा निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरे तथा ऋषि रानाभाट, खरिदार विमल बास्तोला लगायत बैंकका अन्य कर्मचारीको समेत सहभागिता रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस