काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा भएको छ । बैंकले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव ४५ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा भएको हो । माघ ३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा जम्मा भएको छ भने उक्त मिति पश्चात बैंक खाता अद्यावधिक गराएको शेयरधनीको हकमा बेैंक खाता जम्मा हुनेछ ।
हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले यथाशिघ्र डिम्याट खाता खालेको सम्बन्धित निक्षेप सदस्यकोमा सम्र्पक गरी शेयर प्रमाणपत्र अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्नुपर्नेछ । साथै, बैंकले विगतका साधारण सभाबाट पारित नगद लाभांश लिन बाँकी रहेका शेयरधनीले बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यािपटल लिमिटेडमा सम्र्पक गरी नगद लाभांश लिन अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहॊस