नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, के–के छन् एजेण्डा ?

काठमाडौं।नेपाली कांग्रेसले महासमिति बैठकले पारित गरेको पार्टीको विधानमाथि आएका सुझावअनुसार विधानलाई परिमार्जन गरेर अनुमोदन गर्ने तयारी गरेको छ । कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहान ११ बजेका लागि केन्द्रीय समिति बैठक डाकेको छ । बैठकले विधान अनुमोदनसँगै २ माघमा म्याद सकिएको नेविसंघको वर्तमान कार्यसमितिको म्याद चौथोपटक थप गर्ने वा तदर्थ समिति बनाउने भन्नेमा समेत निर्णय लिइने बताइएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमितिले पारित गरेको विधानलाई प्राप्त सुझावका आधारमा केही परिमार्जन गरेर केन्द्रीय समितिमा लगिने र त्यसपछि केन्द्रीय समितिले अनुमोदन गर्ने जानकारी दिए । उनले नेविसंघका बारेमा भने म्याद थप गर्ने कि नगर्ने भन्नेमा नेताहरूबीच छलफल जारी रहेको तर निष्कर्षमा नपुगिएको जानकारी दिए ।

केन्द्रीय समितिमा पेस गरिने एजेन्डाका बारेमा सहमतिका लागि भन्दै सभापति देउवा निवास बूढानीलकण्ठमा बुधबार साँझ शीर्ष नेता, पदाधिकारीसहित पूर्वपदाधिकारीको बैठक बसेको थियो । कांग्रेसको ८ पुसमा सम्पन्न महासमिति बैठकले संविधानले तय गरेको मुलुकको संरचनाअनुसारको पार्टीको विधान पारित गरेको थियो । महासमितिबाट पारित पार्टीको विधानलाई केन्द्रीय समिति बैठकबाट अन्तिम रूप दिने कांग्रेसको तयारी छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महासमितिले पारित गरेको पार्टीको संघीय संरचनाअनुसारको विधान, नेविसंघको सकिएको म्यादसहित समसामयिक राजनीतिक अवस्थाका विषयमा समेत बैठकमा छलफल हुने जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला पनि आउला । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस