रामेछापको मन्थलीमा बस दुर्घटना एकको मृत्यु, २० जना घाइते

रामेछाप । रामेछापको सदरमुकाम मन्थली नगरपालिका-१ मच्छेडाँडीमा बस  दुर्घटना हुँदा एकको मृत्यु भएको भने  २० जना घाइते भएका छन् । मृत्यु हुनेमा ओखलढुँगाको चंपादेवी गाउँपालिका-६ का २५ वर्षीय ओम कार्की छन् ।घाइतेहरुको  मन्थलीस्थिति तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।ओखलढुंगाको घाराखोरीबाट काठमाडौँको लागि हिँडेको बा४ख ४२१० नम्बरको बस मन्थली नगरपालिका-१ मच्छेडाँडीमा दुर्घटना भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप