बुटवलमा माघ ११ गतेदेखि बैंकिङ्ग/बीमा एक्स्पो हुँदै, तयारी तीब्र

काठमाडौं । माघ ११ गते बुटवलमा हुने बैंकिङ्ग/बीमा तथा पूँजीबजार सम्बन्धी प्रदर्शनीको तयारी तिब्र भएको छ । उक्त प्रदर्शनीको आयोजना मिडिया इन्टरनेशलले गर्ने भएको छ ।

वित्तीय सचेतना र बीमा साक्षरता फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको एक्सपोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र वोर्ड, वाणिज्य बैंकहरु, विकास बैंक, बीमा कम्पनी, वित्त कम्पनी तथा माइक्रोफाइनान्स लगायत युवा स्वरोजगार कोषको सहभागिता रहने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरंजीवि नेपाल, बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाईं, विभिन्न बैंकरहरु, बीमकहरु तथा नेपाल धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष लगायतका संस्थाबाट प्रतिनिधित्व हुने जनाइएको छ ।

विहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने उक्त मिडिया इन्टरनेशनलका अध्यक्ष तथा ‘वित्तीय जागरण राष्ट्रिय अभियान’का संयोजक माधव निर्दोषले उपत्यका बाहिर वित्तीय सचेतना तथा बैंक र सर्वसाधारणबीचको सम्बन्ध, बीमाको पहुँच बढाउँदै उद्यमशीलताको विकास गर्न एक्स्पोको आयोजना गरिएको बताए ।

प्रदर्शनीको तयारीका लागि बुटवलमा सचिवालय समेत स्थापना भइसकेको छ । बुटवलको कालिकानगर स्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गढमा हुने प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ । दुई दिन सम्म आयोजना हुने एक्सपोको अवलोकन गर्न सकिने छ । एक्स्पोमा प्रदर्शनीबाहेक दुइदिनसम्म बैंकिङ, बीमा र पूँजीबजारबारे लगातार रुपमा सेमिनार आयोजना गरिने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३० दिनभित्र दोहोरो पद छोड्न सहकारी सञ्चालकलाई निर्देशन

काठमाडौँ । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने …

प्रतिकृया दिनुहॊस