बैंक वित्तको शाखा संख्या ७ हजार नाघ्यो, ६५ स्थानीय तह वाणिज्य बैंक विहिन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ७ हजार नाघेको छ । २०७५ असार मसान्तमा ६ हजार ६ सय ५१ वटामात्रै रहेको बैंक तथा वित्तीय संस्थाहरुको संख्या चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा बढेर ७ हजार ३ सय ८९ पुगेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांक सार्वजनिक गर्दै सञ्चालनमा रहेका २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६९ लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ७ हजार ३ सय ८९ पुगेको जानकारी दिएको हो ।

शाखा विस्तारका कारण बैंकिङ पहुँचको समेत वृद्धि भइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यद्यपि अझै ६५ स्थानीय तह वाणिज्य बैंक बिहिन देखिएका छन् ।

७५३ स्थानीय तहमध्ये २०७५ मंसिर मसान्तसम्म ६ सय ८८ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ । जसअनुसार अझै ६५ तहमा वाणिज्य बैंकको उपस्थिति पुग्न सकेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ललितपुरमा पाटन हेरिटेज जेम्स एन्ड ज्वेलरी एक्स्पो सम्पन्न

काठमाडौं । पाटन हेरिटेज जेम्स एन्ड ज्वेलरी एक्स्पो-२०२४ पाटन दरबार परिसरमा भव्य समारोहबीच सम्पन्न भएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds