माछापुच्छ्रे बैंकले बढायो ७० प्रतिशत नाफा, खुद नाफाभन्दा ‘फ्रि प्राेफिट’ बढी

काठमाडौं । माछापुच्छ्रे बैंकले ७० प्रतिशतले नाफा बढाएको छ । बैंकले प्रकाशन गरेको लेखापरीक्षण नभएको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो बर्षको तुलनामा सो परिमाणको नाफा वृद्धि भएको हो । सो अवधिमा बैंकले ८० करोड ३६ लाख ६५ हजार बराबर स्वतन्त्र नाफा आर्जन गरेको छ । अघिल्लो बर्ष सो आकार ४७ करोड १८ लाख ७६ हजार स्वतन्त्र नाफा कायम गरेको थियो ।

बैंकको नियामकीय समायोजनबापतको रकम सकारात्मक देखिएपछि खुद नाफा भन्दा स्वतन्त्र नाफा बढी देखिएको छ । बैंकको खुद नाफा भने ७८ करोड १३ लाख ७८ हजार रहेको देखिएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले ८५ अर्ब १७ करोड पुर्याएको छ । अघिल्लो त्रैमासको अन्त्यमा त्यो रकम ७७ अर्ब ९८ करोड थियो । त्यस्तै सो अवधिमा बैंकको कर्जा प्रवाह ७४ अर्ब ६५ करोड कायम गरेको छ । यो अघिल्लो त्रैमासको तुलनामा करिब पौने ४ अर्बले बढी हो । अघिल्लो त्रैमासको अन्त्यमा यो आकार ७० अर्ब ८९ करोड थियो ।

छ महिनाको अवधिमा बैंकको ब्याज आम्दानी १ अर्ब ६९ करोड, तैरब्याज आम्दानी ३४ करोड र कुल सञ्चालन खर्च करिब ९६ करोड छ । त्यस्तै, बैंकको पुँजी पर्याप्तता अनुपात १२.८३ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.४४ प्रतिशत, कस्ट अफ फण्ड ७.८९ प्रतिशत, सीसीडी अनुपात ७७.६४ प्रतिशत र आधार ब्याजदर १०.९९ प्रतिशत रहेको छ । पुस मसान्तको मूल्यअनुसार बैंकको मूल्य आम्दानी अनुपात १०.६२ प्रतिशत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after