कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन भएको छ । हिजोराति पौने १० बजे बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको ८० वर्षको उमेरमा निधन भएको हो ।

खरेललाई पछिल्लो समय दमको समस्या बढेपछि फ्रन्टलाइन अस्पतालमा उपचारका लागि राखिएको थियो । खरेल विसं २०५६ को आम निर्वाचनमा काभ्रेबाट संसद् सदस्य निर्वाचित भएका थिए । खरेलले कांग्रेसको नेतृत्वसँग निकट रहेर काम गरेका थिए ।

स्वर्गीय खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ । केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गरेपछि दिउँसो १ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री