महिला टी -ट्वान्टी स्मास क्रिकेट: नेपालको विजयी सुरुवात

काठमाडौं । थाइल्याण्ड महिला टी -ट्वान्टी स्मास क्रिकेटमा नेपाली महिला क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा चीनलाई १० विकेटले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

थाइल्याण्डको बैंककमा चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा सिता राना मगरले अविजित २३ रन जोड्दा काजल श्रेष्ठले अविजित १४ रन जोडिन ।

यसअघि टस हारेर ब्याटिङ गरेको चीनले पुरै २० ओभरमा ६ विकेट गुमाएर ४८ रन बनाउन सक्यो  । चीनका लागि झाङ चानले १३ रन जोडिन ।

Image may contain: 3 people, people smiling, people standing and outdoor

चीनलाई सस्तैमा समेट्न नेपालका करुणा भण्डारीले ३ तथा नेरी थापाले २ विकेट लिईन् । सिता रानाको नाम एक विकेट रह्यो ।

जितसंगै समूह ‘ए’ मा रहेको नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । नेपालले समूहमा २ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा आइतबार  मलेसियासंग खेल्नेछ ।

त्यस्तै सोमबार युएई र बुधबार थाईल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोली अन्तिम ४ मा प्रवेश गर्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोपा अमेरिकाका लागि अर्जेन्टिनी टोली घोषणा, को-को परे ? (सूचीसहित)

काठमाडौं । कोपा अमेरिका २०२४ का लागि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले २९ सदस्यीय प्रारम्भिक टोली घोषणा …

प्रतिकृया दिनुहॊस