एनआईसी एशिया बैंक र वोल्ड रेमिटबीच रेमिटेन्स सम्झौता

काठमाडौं ।  एन आई सी एशिया बैंक र वोल्ड रेमिटबीच रेमिटेन्स सम्झौता भएको छ ।  एन आई सी एशिया बैंकले वोल्ड रेमिटसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ ।

बैंकले यस सम्बन्धमा वर्ल्ड रेमि यूकेसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।

उक्त सम्झौताअनुसार वर्ल्ड रेमि मार्फत कतार, साउदी, युएई, कवेत, जापान, क्यानडा, अस्ट्रेलिया, न्युजिल्याण्ड, युके, युएसए, र युरोप लगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु व्ाा अन्य व्यक्तिहरुले पठाएको मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

वोल्ड रेमिटको ग्राहकले एजेन्टका मार्फत विप्रेषण सेवा नलिकन आफै आफ्नो मोवाइल मार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सक्ने व्यवस्था रहेको छ ।

यो सेवाले ग्राहकको समय तथा पैसाको बचत हुनेछ । वोल्ड रेमिटले ग्राहकहरुलाई आफ्नो परिवार तथा साथीहरुलाई विभिन्न माध्यम जस्तै केस पिकअप तथा व्याक टान्सफरद्वारा पैसा पठाउने सेवा दिइरहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

प्री बुकिङ्ग गरिएका एक्स्पेङ जी ६ एसयुभी दसैँ अगावै आइपुग्ने

काठमाडौँ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारी साधनहरूको आगमनको घोषणा …

प्रतिकृया दिनुहॊस

This will auto close after