शृंखला खतिवडा बनिन् नेपाल-फ्रान्स सम्बन्धकी सद्भावना दूत

काठमाडौं । मिस नेपाल शृंखला खतिवडा नेपाल र फ्रान्सको सम्बन्ध युवास्तरमा थप कसिलो बनाउन संयुक्त ‘गुडविल एम्ब्यासडर’ (सद्भावना दूत) नियुक्त भएकी छन्।

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा उनलाई दूत नियुक्त गरिएको हो। नेपालका तर्फबाट प्रस्ताव गरिएपछि उनी नियुक्त भएकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार  मिस वर्ल्डको अन्तिम १२सम्म पुगेकी श्रृंखलालाई आजै वैरागी र मोन्तानले सद्भावना दूतको प्रमाणपत्र दिएका छन्।

सद्भावना दूत भएर श्रृंखलाले नेपाल-फ्रान्स सम्बन्धबारे सद्भाव, मित्रता र सहयोगको सन्देश विशेष गरी धेरै यूवा पुस्तामा पुर्‍याउने विश्वास गरिएको परराष्ट्रले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री