पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि, २०१८ मा १२ लाख भित्रिए

काठमाडाैँ । सन् २०१८ मा नेपालमा इतिहासमै सबैभन्दा धेरै पर्यटकको आगमन भएको छ। यो वर्ष ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो वर्षको तुलनामा यो वर्ष २४.८ प्रतिशतले पर्यटन आगमनमा वृद्धि भएको हो।

अघिल्ला वर्षजस्तै यो वर्ष पनि धेरै पर्यटन भित्रिने देशमा भारत र चीन नै रहेका छन्। त्यसपछि क्रमश यूएसए, श्रीलंका र यूके छन्। यो वर्ष भारतबाट दुई लाख चार सय ३८, चीनबाट एक लाख लाख ५३ हजार छ सय दुई, यूएसएबाट ९१ हजार सात सय ८७, श्रीलंकाबाट ७० हजार छ सय १० र युकेबाट ६३ हजार ८६ पर्यटक नेपाल आएका छन्।

यो वर्ष पर्यटक आगमनको संख्या उल्लेख्य रुपमा बढ्नुमा राजनैतिक स्थिरता प्रमुख कारण भएको बोर्डका सिइओ दीपकराज जोशीको दावी छ। दुई सयभन्दा बढी ब्लगर, मिडिया अभियान, ४० भन्दा बढी ट्राभलमार्टमा सहभागिता, ५० भन्दा बढी सहरमा नेपाल सेल्स मिसन लगायतका कार्यक्रम आयोजना भएकाले पर्यटन आगनमा वृद्धि भएको बोर्डको विश्वास छ।

यो वर्ष हवाई मार्ग हुँदै नौ लाख ६९ हजार दुई सय ८७ र स्थल मार्गबाट दुई लाख ३७ हजार ८७ पर्यटन नेपाल आएका छन्। हवाई मार्ग हुँदै आउने पर्यटन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने गर्दछन् भने स्थल मार्ग हुँदै आउने पर्यटक विभिन्न नाकाबाट आउने गरेका छन्। स्थल मार्ग हुँदै महेन्द्रनगरबाट दुई हजार नौ सय २३ पर्यटन यो वर्ष नेपाल आएका छन्। त्यस्तैगरी धनगढीबाट ७६, नेपालगन्ज पाँच सय ९०, भैरहवाबाट एक लाख ६५ हजार आठ सय दुई, वीरगन्जबाट सात सय तीन, काकरभित्ताबाट छ हजार नौ सय ९७ र रसुवागढीबाट २६ हजार छ सय ९४ पर्यटन नेपाल आएका छन्।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अख्तियारद्वारा सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद …

प्रतिकृया दिनुहॊस