काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेचरनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरमा अनुसान्धान सुरु गरेकाे थियाे । सीआइबीले शेरचनलाई निलम्बन गरी सञ्चालक समितिले निरज लम्साललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको थियो ।
बैकमा कार्यरत निरज लम्सालले मंसिर १४ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका शर्माले यस अगाडि माछापुच्छ्रे र तत्कालिन सनराइज बैंकको प्रमुख कार्याकारी अधिकृत भएर काम गरिसकेका छन् । शर्मा बैंकिङ र अर्थतन्त्रमा राम्राे क्षमता राख्छन् ।
तपाईंको प्रतिकृया




