नेफ्स्कूनका अध्यक्ष ढकाल अकूको कोषाध्यक्ष

काठमाडाै । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकाल एशियाली ऋण महासंघ (अकू) को कोषाध्यक्षमा चयन भएका छन् । थाईल्याण्डको बैंककमा अकूको ११९औं बोर्ड बैठकले रिक्त कोषाध्यक्ष पदमा ढकाललाई मनोनित गर्ने निर्णय गरेको हो ।

अकूमा कोषाध्यक्षको जिम्मेवारी पाउनु आफ्नो लागि मात्र नभई मुलुकको बचत तथा ऋण अभियानका लागि पनि गौरवको विषय भएको वताए। अब नेपाल र अकूबीचको सम्बन्ध अझ प्रगाढ हुने तथा बचत ऋण अभियानका असल अभ्यासहरुलाई मुलुकमा आन्तरिकीकरण गर्न थप सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे। अकू एसियाली स्तरको बचत तथा ऋण सहकारी संघ संस्थाहरुको सञ्जाल हो । नेफ्स्कून पनि अकूको सदस्य रहेको ढकालले न्यूजदैनिकलाइ जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री