नेपाली चालकहरूको विश्वास जित्दै स्कोडा

काठमाडाैं । स्कोडाले १३० वर्षभन्दा लामो समयदेखि मानिसले भरोसा गर्न सक्ने गाडी बनाउने एक सरल दर्शनमा रहेर आफ्नो पहिचान बनाउँदै आएको छ। भोल्क्सवागन ग्रुपको एक हिस्साको रूपमा रहेको यस ब्रान्डले सधैं भरपर्दो, व्यवहारिक र “Simply Clever” सोचमा आधारित सवारी साधन विकास गर्दै आएको छ। ट्रेन्डभन्दा पनि वास्तविक मानिसका आवश्यकतामा केन्द्रित यस दर्शनले नेपालमा पनि स्कोडाको दीर्घकालीन र शान्त तर बलियो लेगेसी तयार गरेको छ। आज पनि धेरै नेपाली चालकहरू स्कोडा लाउरा र यसले पहाडी घुम्तीहरूमा दिने मजबुत ग्रिप, राजमार्गमा देखिने सन्तुलन र चलाउँदा महसुस हुने आत्मविश्वासको स्मरण भावुकताका साथ गर्ने गर्छन्।

यही अनुभूति कुशाक जस्ता अहिलेका आधुनिक मोडेलहरूमा पनि निरन्तर देख्न सकिन्छ। हरेक पुस्तामा देखिने यो एकरूपताले एउटा स्पष्ट सन्देश दिन्छ कि स्कोडाले केवल गाडी बनाउँदैन, दीर्घकालीन विश्वास पनि निर्माण गर्छ। ड्राइभिङ कम्फर्ट सधैं स्कोडाको प्रमुख विशेषता रहँदै आएको छ। दशकौँ पुरानो मोडेल होस् वा नयाँ एसयुभी, स्कोडाको अनुभव भने सधैं उस्तै स्थिर, स्मूथ र भरोसालाग्दो हुन्छ। सिटको बनावटदेखि स्टेयरिङको प्रतिक्रिया, कन्ट्रोलको स्पर्श र क्याबिनको सजिलो लेआउटसम्म, सबै कुरा चालकलाई केन्द्रमा राखेर डिजाइन गरिएको हुन्छ। डिजाइन यति सोचेर गरिएको हुन्छ कि गाडीले स्टेयरिङ पछाडिको मानिसलाई नै बुझेजस्तै लाग्छ।

विश्वस्तरमा पनि स्कोडाको इन्जिनियरिङ क्षमताको परिचय बलियो ढङ्गले स्थापित भएको छ। मोटरस्पोर्ट्समा यो ब्रान्डले पाँच वर्ष लगातार WRC2 र WRC2 Pro मा म्यानुफ्याक्चरर टाइटल जितेर आफ्नो शक्ती निरन्तर प्रमाणित गरेको छ। यी उपलब्धिहरूले स्पीड मात्र होइन, कठिन भू–भागमा सहनशीलता, सटीकता र नियन्त्रणको समेत माग गर्छन्। यही कारणले स्कोडाका दैनिक प्रयोगमा आउने गाडीहरू वास्तविक सडकमा पनि अति नै सक्षम महसुस हुन्छन्। डिजाइन स्कोडाको अर्को पहिचान हो। ‘डिजाइनको ओस्कार’ मानिने १८ वटा रेड डट डिजाइन अवार्ड जित्दै ब्रान्डले व्यवहारिकता र सौन्दर्य सँगसँगै जान सक्छन् भन्ने कुरा प्रमाणित गरेको छ। हरेक मोडेलमा कार्यक्षमता र सदाबहार सरल डिजाइनको सन्तुलन देखिन्छ, जुन युरोपेली क्राफ्टमेनशिपको चिनारी पनि हो।

आज विश्व अटोमोबाइल उद्योग विद्युतीय सवारीतर्फ अगाडि बढिरहेको बेला स्कोडा पनि नयाँ अध्यायमा प्रवेश गर्दैछ। इन्धन दक्षता, कम्फर्ट र इन्जिनियरिङ लजिकमा आधारित यसको विरासत प्रविधिमा बदलाव आउँदैमा हराउँदैन, बरु यिनै गुणहरू रुपान्तरण र बदलावका आधार बन्छन्। प्रश्न अड्याप्ट गर्ने कि नगर्ने भन्ने होइन, शताब्दी पुराना मूल्यहरूलाई ईभी युगमा कसरी लैजाने भन्ने हो। नेपालजस्तो सडक चुनौतीपूर्ण र भूगोल अनिश्चित भएको देशमा स्कोडाको विरासत अझ अर्थपूर्ण हुन्छ। यहाँ स्कोडा केवल गाडी होइन, भरपर्दोपन, बुद्धिमत्ता र इमानदार ड्राइभिङ अनुभवको प्रतीक हो, जुन धेरै नेपालीहरूले आज पनि मूल्यवान् ठान्छन्। देश बिस्तारै विद्युतीय मोबिलिटीतर्फ बढ्दै गर्दा नेपालमा स्कोडाको विश्वास र सुविचारित इन्जिनियरिङमा आधारित कहानी अझै बलियो भएको छ।

स्कोडाले अटोमोबाइल क्षेत्रमा आफ्नो १३० वर्षको इतिहास बनाउँदै गर्दा, नेपालमा कायलाकको बहुप्रतिक्षित लन्चप्रति उत्सुकता बढ्दै गएको छ। भारतमा स्कोडा र भोल्क्सवागन दुवै सवारीसाधनको उत्पादन स्कोडाले नै गरिरहेको छ, जसले यसको बलियो उत्पादन क्षमता र यस क्षेत्रप्रतिको महत्त्व देखाउँछ। नेपालमा पनि यो लेगेसी सडकमा स्पष्ट देखिन्छ, जहाँ यति, फाबिआ, सुपर्ब र लाउरा जस्ता मोडेलहरू आज पनि भरपर्दो रूपमा चलिरहेका छन्। यही उल्लेखनीय उपस्थितिका आधारमा, कायलाकले भरपर्दो र परिचित ब्रान्डको आधुनिक कम्प्याक्ट एसयुभी खोजिरहेका ग्राहकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। इतिहासलाई नियालेर हेर्ने हो भने स्कोडाको विरासत समाप्त हुँदै छैन, बरू यो आफ्नो अर्को ठूलो फड्कोका लागि तयार हुँदैछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री