२१ जेष्ठ २०८३, बिहीबार

जगदीश खरेलले दिए उम्मेदवारी

ललितपुर । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले  ललितपुर क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका छन् । मंगलबार ललितपुर क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय सातदोबाटो पुगेर मनोनयन दर्ता गराएका हुन् ।

यस क्षेत्रबाटनै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवर राज थापा, उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तन्डुकार, नेकपाका उम्मेदवार राजेन्द्र अमात्य एमालेका प्रेम बहादुर महर्जनले मनोनयन दर्ता गराएका छन् ।
यसअघि ललितपुर निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन विजयी विजय भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री