काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको केन्द्रीय अध्यक्षमा केबी उप्रेती निर्वाचित भएका छन्। आइतबार भएको संघको निर्वाचनमा निकट्तम प्रतिद्धन्द्धीलाई ३ हजार भन्दा बढि मतान्तरले पराजित गर्दै बैंकको अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित उप्रेतीले ३४ सय १५ मत प्राप्त गरेका छन् भने निकट्तम प्रतिद्धन्ती रमेश घिमिरेले २ सय ३७ मत मात्रै पाएका छन्। राष्ट्रिय सहकारी बैंककको १५ सदस्यीय कार्यसमितिमा धेरैजसो पदमा सहमति जुटेपनि अध्यक्ष, खुला सञ्चालक र कर्णाली प्रदेश सञ्चालकमा सहमति नजुटेपछि निर्वाचन भएको थियो।
खुलातर्फ केदार मानन्धर, रामहरी बजगाइँ, ध्रुव नारायण यादव र माधवलाल देवकोटा तथा कर्णाली प्रदेश सदस्यमा हरिहरनाथ योगी निर्वाचित भएका छन्। खुलातर्फकी सदस्य सरिता भट्टराई, अमृता सुव्बा र सिता गुरुङ तथा प्रदेश १ मा महेन्द्र कुमार गिरी, २ मा विश्वनाथ मण्डल, ३ मा ज्ञान बहादुर तामाङ, गण्डकी प्रदेशमा रामबहादुर जिसी तथा प्रदेश ५ मा विजया धिताल र सुदुरपश्चिम प्रदेशकी सिवा थापा भने सर्वसम्मत चयन भएका छन्। राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षण समितिको संयोजकमा लक्ष्मीप्रसाद उप्रेती चयन भएका छन्।
प्रतिकृया दिनुहॊस