कांग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्व साधारण सदस्यसमेत नरहने गरी काँग्रेसबाट निलम्बित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई आज कारबाही गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेकाे जानकारी दिए।

सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारबाही गरिएको छ। कांग्रेस विभाजन भएको छ। अन्य नेता-कार्यकर्ताहरूलाई पार्टीमा फिर्ता आउन आह्वान गरिएको छ। पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूलाई पार्टीको विधान बमोजिम कारबाही गरिएको सहमहामन्त्री मीन विश्वकर्माले न्यूजदैनिकलाइ जानकारी दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप