काठमाडाैँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ लायन्सचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ बस्ने ४४ वर्षीय रवीन्द्र रिजाल छन्।
वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ५०६० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा४०प ९२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका रिजालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले पक्राउ गरेको छ।
तपाईंको प्रतिकृया



