मेस्सी भन्दा नेयमार र एमबाप्पे मुल्यवान खेलाडी

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी भन्दा पेरीस सेन्ट जर्मेन (पीएसजी) का दुई स्टार नेयमार र केलियन एमबाप्पे सर्वाधिक मुल्यवान खेलाडी बनेका छन् । फुटबल बेन्चमार्क डटकमको एक अध्ययन अनुसार मेस्सीलाई पछि पार्दै नेयमार र एमबाप्पे मुल्यवान खेलाडी बनेका छन् ।

फुटबल बेन्चमार्कले अडिटर्स कम्पनी केपीएमजीसंगको सहकार्यमा गरेको अध्ययनले ब्राजिलियन फरवार्ड नेयमार सर्वाधिक मुल्यवान खेलाडी रहेका छन् । नेयमारको मूल्य २०६.५ मिलियन पाउण्ड रहेको छ ।

यस्तै फ्रान्सका युवा स्टार एमबाप्पे दोस्रो स्थानमा रहेका छन् । एमबाप्पेको मूल्य १९३.१ मिलियन पाउण्ड रहेको छ । तेस्रो स्थानमा रहेका अर्जेन्टिनी मेस्सीको मूल्य १८३.२ मिलियन पाउण्ड रहेको छ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० मा अटाएका छैनन् । १२ औं स्थानमा रहेका युभेन्ट्सका स्टार रोनाल्डोको मूल्य ९६.४ मिलियन पाउण्ड मात्र रहेको छ ।

यस्तै मुल्यवान खेलाडीको शीर्ष १० भित्र इंग्लिश प्रिमियर लिग खेल्ने खेलाडीहरुको बाहुल्यता रहेको छ । १५१.६ मिलियन पाउण्डसहित लिभरपुलका मोहमद सलाह चौथो, १३६.१ मिलियन पाउण्डसहित टोटेनहमका ह्यारी केन पाँचौ स्थानमा छन् । यस्तै इडेन हाजार्ड छैटौं, केभिन डी ब्रुएन सातौं, पाउल पोग्बा आठौं, एन्टोनी ग्रीजम्यान नवौं र फिलिपे कौटिन्हो दशौं स्थानमा रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस