फोरजी सेवा विस्तार परियोजना : चिनियाँ ठेकेदारले पठायो टेलिकमलाई पत्र

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा विस्तार परियोजना टेण्डर पारेको चिनियाँ कम्पनीले एक वर्षभित्र फोरजी विस्तार गर्ने भएको छ। चिनियाँ कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको शर्त मानेर एक वर्षभित्र फोरजी विस्तार गरिसक्न भएको हो । ठेक्का सम्झौता गर्नुअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमलाई कडा शर्त सहित १८ बुँदे निर्देशन कार्यान्वनयका लागि पठाएको थियो।

मन्त्रालयले पठाएको शर्तमा फोरजी परियोजना एक वर्षभित्र सम्पन्न गरेमात्रै ठेक्का दिन निर्देशन थियो । मन्त्रालयको शर्तबमोजिम चिनियाँ ठेकेदार कम्पनी हुवावे र हुवावेको सहायक कम्पनी चाइना कमसर्भिसले १२ महिनाभित्र फोरजीको काम सम्पन्न गर्न सकिने जवाफ टेलिकमलाई पठाएको स्रोतले जनाएको छ । चाइना कमसर्भिसको लिखित जवाफमा मन्त्रालयले अघि सारेका शर्त मानेर काम गर्न ठेकेदार कम्पनी तयार देखिएको छ ।

त्यस्तै फोरजी विस्तार गरिसकेपछि प्रमुख चार शहरमा फाइभजीको प्राविधिक परीक्षण गर्न पनि चाइना कमसर्भिसले सहमति जनाएको छ । सो शर्तवमोजिम काठमाडौं, पोखरा, नेपालगन्ज र बिराटनगरका निश्चित ठाउँमा फाइभजी सेवा दिनुपर्ने र त्यो निःशुल्क हुनुपर्ने भनिएको थियो । टेलिकमलाई चाइना कमसर्भिसले पठाएको जवाफमा सो शर्त स्वीकार गर्दै थप लागतविना नै फोरजीकै रकमबाट सो परीक्षण गर्ने प्रतिवद्धता जनाइएको छ ।

विश्वमा अहिले अमेरिका, चीन, क्यानडा, जापान अष्ट्रेलिया लगायतका देशहरु फाइभजीमा गइसकेका छन् । भारतले सन् २०२० मा फाइभजी सुरु गर्ने तयारी गरिरहेको छ । दक्षिण कोरिया केही महिनापछि नै फाइभजीमा जाँदैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री सोमबार चीन जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ …

प्रतिकृया दिनुहॊस