माछापुच्छ्रे २०औं बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। माछापुच्छ्रे  बैंकको २०औं  वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७४÷७५ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, उक्त साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।

उक्त साधारण सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा.बिरेन्द« प्रसाद महतो, रोशन के.सी. र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ ।

साथै, उक्त साधारण सभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकले डा.बिरेन्द« प्रसाद महतोलाई बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपंैया संचित छ ।

बैंकले आ.व. २०७५÷७६ को पहिलो त्रैमास सम्ममा रु.३७ करोड १६ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७५ असोज मसान्त सम्ममा रु. ७७ अर्व ९८ करोड निक्षेप परिचालन गरी रु. ७१ अर्व ८१ करोड कर्जा प्रवाह गरेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु लगायत २ एक्सटेन्सन काउन्टर र ५२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १४२ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस