इथियोपियामा १२ हजार वर्ष पुरानो ज्वालामुखी विस्फोटन

उत्तरी इथियोपियामा आइतबार ज्वालामुखी विस्फोट भयो, जुन १२,००० वर्षमा पहिलो पटक रहेको भनिएको छ । ज्वालामुखिको धुवाँको मुस्लो १४ किलोमिटर उचाईसम्म फैलिएको थियो भने, उक्त बादल लाल सागर हुँदै, यमन, ओमन, पाकिस्तान र भारतको उत्तरी भाग सम्म पुगेको थियो । यो विस्फोटनलाई असाधारण घटना भनिएको छ ।

विस्फोटन भएको हेली गुब्ली ज्वालामुखी बाट भारी मात्रामा सल्फर- डाइअक्साइड(so2) ग्यास निष्कासन भएको पाइएको छ । कार्बन डाइअक्साइड(co2) , पानीवाफ (h2o) र अन्य ग्यास का साथै उक्त विस्फोटनमा खरानीको कणहरु पनि निस्कासन भएका छन् । सल्फर- डाइअक्साइड जस्ता ग्यासले स्वास्थ तथा वातावरण मा असर पुर्याउछ । जसका कारण पानी माटो वा खेती मा असर पुग्न सक्छ ।

ज्वालामुखी फुट्नु अघि आम रुपमा संकेतहरु मिल्ने गर्छन् । जमिन वा लावाको दवावमा वदलाव हुनु, सानो-तिनो भुकम्प जानू, जस्ता संकेत हरु विस्फोटन अघि देखिन्छन् । यसै साल जुलाईमा हेली गुब्ली क्षेत्रमा वैज्ञानिक नापजाँच अनुसार ‘म्यागमा’ जमिनमुनि सरेको रिपोर्ट निकालिएको थियो ।

विस्फोटका कारण ज्यान, धनको क्षती नभएपनी यसका कारण खेती वालीमा र स्वास्थमा असर पर्ने जोखिम रहेको छ । विस्फोटनका कारण धेरै एयरलाइन्सले उडान रद्द वा मार्ग परिवर्तन गरेका छन् ।खरानी का कारण विमानका इन्जिन र दृश्यमा असर पर्ने भएकाले सुरक्षा चेतावनी जारी गरिएको हो ।

विस्फोटनको मुस्लो तीब्र रूपमा बग्नुका कारण जेट स्टृम हो । मुस्लो वायुमण्डलको दोस्रो तह स्टाटोस्फियर सम्म पुगेको थियो। र त्यस तहमा प्राय जेट स्टृम हावा चल्ने गर्छ । यो हावा पश्चिम बाट पुर्व दिशामा बग्ने गर्छ जसको गति सामान्यतया १००-३०० किलोमीटर प्रती घन्टाको हुन्छ । स्याटलाइट म्याप बाट हेर्दा , विस्फोटनको वादल १५,००० देखि ४५,००० फिट उचाईमा बगिरहेको पाइएको छ ।

धेरै समयदेखि गैर सक्रिय मानिएको ज्वालामुखी पनि अचानक फाट्न सक्छ भन्ने आंकलन पहिलै गरिएको थियो । हेली गुब्ली क्षेत्र भु-गर्भिय रुपमा सक्रिय क्षेत्रहरू मध्यको एक हो । यहाँ तापक्रम दिनमा ४० डिग्री सेल्सियस सम्म पुग्ने गरि गर्मी हुन्छ भने राती निकै कम हुन्छ । यहाँ वर्षा निकै कम हुने भएकाले अधिकांस भुभाग सुख्खा रहन्छ । भु गर्भिय गतिविधीका कारण खेती कठिन छ, तर हाल ज्वालामुखी पर्यटन को गतिविधि हरु भने बढिरहेका छ्न् । यो क्षेत्रको अध्यनअले ज्वालामुखी, भुकम्प, र अफृका महादेशको टुकृने प्रकृया बुझ्न मद्दत गर्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री