इज्जत पाउनुपर्ने वर्गलाई इज्जत नदिनु दुःखद् : मल्होत्रा

काठमाडौं । नेपाल भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका अध्यक्ष दीपककुमार मल्होत्राले देशमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै जाँदा उनीहरुको आत्मबल कमजोर भएकाे बताए । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजको १४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मलहाेत्राले मुलुकमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा नसुधारिएसम्म मुलकमा आर्थिक विकास हुन नसक्ने प्रष्ट पारेका हुन्। उनले इज्जत पाउनुपर्ने वर्गलाई इज्जत नदिनु दुःखद् कुरा भएको भन्दै दुख व्यक्त गरे ।

‘सबभन्दा यो देशको दुर्भाग्य भनेको संसारमा सबै देशमा उद्योग व्यापारीले इज्जत पाउछ तर यहाँ उद्योगी व्यवसायीले इज्जत पाउन सक्ने अवस्था छैन । इज्जत पाउने जुन वर्ग हो,उसले इज्जतै पाउनै सकेन । व्यबसायीहरु ठगहरु हुन्, यिनीहिरु ट्याक्स तिर्दैनन भन्ने खालको बिचार बनिरहेकाे छ । उनले भने, ब्यवसायीलाई नेता,कर्मचारी,पत्रकार तथा नागरिकले पनि त्यही भन्न थाले । हामीविना हाम्रो देशको विकास असम्भव छ । व्यापारी, उद्योगपति भएनन भने काम गरेन भने देशको अर्थतन्त्र के हुन्छ ?’ अध्यक्ष मल्होत्राले जेन–जी आन्दोलन हुनुको मुख्य कारण नै मुलुकभित्रको खराब शासन भएको प्रष्ट्याए।

मुलुकमा व्यवसायीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए। निजी क्षेत्र सक्रिय भएर अघि बढे दुवै मुलुकको अर्थतन्त्र लाभान्वित हुने उनले धारणा राखे । कार्यक्रममा नेपाल चेम्बर अफ कर्मसका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–भियतनाम व्यापार सम्बन्धमा ठूलो सम्भावना रहेको बताए । श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको १४ औँ वार्षिक साधारण सभाले सुनिलभक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिमा निःवर्तमान अध्यक्ष दीपककुमार मल्होत्रा र उर्मिला श्रेष्ठ वरिष्ठ उपाध्यक्ष तथा सुरेशमान श्रेष्ठ तथा गोपालदास मानन्धर उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । महासचिवमा नवीन सारु (डोलबहादुर थापा), कोषाध्यक्षमा स्वाति घोरीवाला, सचिवमा पवित्रमान गुरुङ र प्रकाश (राम) श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरूमा मनिशलाल प्रधान, सुशील स्थापित, दीपक महर्जन, सञ्जीव तुलाधर, राजु श्रेष्ठ, श्याम मारवाडी, रश्मी पन्त चयन हुनुभएको छ भने कुमार श्रेष्ठ, प्रकाश रेग्मी, आयुसबहादुर श्रेष्ठ, रमेश पराजुली, विधाता श्रेष्ठ, अच्युतबहादुर हाडा, सक्षम घिमिरे, सर्वोत्तम लाल श्रेष्ठ निर्वाचित भएकाे छ । त्यस्तै कार्यसमितिले किरणकुमार श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ र डा. सरोज अधिकारीलाई सल्लाहकारमा चयन गरेको छ। पदस्थापन समारोहपछि नवनिर्वाचित अध्यक्ष सुनिलभक्त श्रेष्ठले भियतनामसँगको व्यापारिक सम्बन्ध विस्तारमा आफूले जोड दिने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री